आशा मुखिया लामाको नियात्रा संग्रह ‘चिसो मरूभूमितिर’-लाई लिएर विमर्श कार्यक्रम सम्पन्न

खरसाङ (निसं): खरसाङकी नारी स्रष्टा एवं नेपाली संस्कृतिको अभियन्ता तथा सामाजिक कार्यकर्ता आशा मुखिया लामाको नियात्रा संग्रह ‘चिसो मरूभूमितिर’ लाई लिएर विमर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त विमर्श कार्यक्रम खरसाङको आशालयमा ज्ञानकुञ्ज बुक खरसाङको आयोजनामा सम्पन्न भएको छ। केही समय अघि मात्र लोकार्पण गरिएको आशा मुखिया लामाको ‘चिसो मरूभूमितिर’ नामक नियात्रा संग्रहमाथि सम्पन्न विमर्श कार्यक्रममा विमर्शकर्ताहरूमा राजु प्रधान ‘हिमांशु’, विनोद रसाईली, ऋषि राई, विष्णु ठकुरी आदि उपस्थित थिए भने सहजकर्ताको रूपमा स्रष्टा सञ्जीव छेत्री उपस्थित रहेका थिए। यसको साथै पाठकीय टिप्पणी राख्नेहरूमा मङ्पूबाट रुष्कर सिंगर, प्रकाश प्रधान, सहदेव चामलिङ, हनोक थापा थिए भने नियात्राकार आशा मुखिया लामासितै यात्रामा गएकाहरू उषाकिरण तामाङ, मिना मोक्तान आदिले पुस्तकमाथि टिप्पणी राखेका थिए। कार्यक्रममा दार्जिलिङ जिल्लाको शारीरिक शिक्षा अधिकारी मिलन तामाङ, गजलकार पी लक्की शेर्पा आदि पनि उपस्थित रहेका थिए। यस क्रममा आशालय र ज्ञानकुञ्ज बुक्स खरसाङको पक्षमा उपस्थित सबैलाई स्वागत जनाएका थिए भने स्रष्टा आशा मुखिया लामाले स्वागत सम्भाषण राखेका थिए। ज्ञानकुञ्ज बुक्सको पक्षबाट सञ्चालन गर्दै स्रष्टा सञ्जीव छेत्रीले सहजकर्ताको भूमिका निर्वाह गर्दै गरेका छन्। यस क्रममा सबैले चिसो मरूभूमितिर पुस्तकमाथि विचार विमर्श राखेका थिए भने विभिन्न प्रकारका टिप्पणीहरू राखिएको थियो। पुस्तक लोकार्पण मात्रै गरेर हुँदैन तर पुस्तकमाथि विचार विमर्श र चर्चा गर्न आवश्यक रहेको ठान्दै ज्ञानकुञ्ज बुक्स खरसाङको आयोजनामा उक्त पुस्तकमाथि विमर्श कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रममा विमर्शकर्ताहरू र टिप्पणीकारहरूले आशा मुखिया लामाद्वारा लिखित चिसो मरूभूमितिर नामक पुस्तकको विभिन्न पक्षहरू जस्तै नियात्राको सैध्दान्तिक पक्ष अनुरूप लेखिएको, भाषा – शैली, हिज्जे, लेखन कला र विभिन्न विषयहरूमा टिप्पणी राखेका थिए। कार्यक्रमपछि सबै विमर्शकर्ताहरू, टिप्पणीकर्ताहरू र सहभागीहरूलाई ज्ञानकुञ्ज बुक्सको पक्षबाट आभार स्वरूप नोट बुक र कलम प्रदान गरिएको थियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै उक्त विमर्श कार्यक्रम विषयमा ज्ञानकुञ्ज बुक्सबाट सञ्जीव छेत्रीले विस्तृत रूपमा बताएका छन्। त्यसरी नै नारी स्रष्टा आशा मुखिया लामाले विमर्श कार्यक्रम आयोजनाको लागि ज्ञानकुञ्ज बुक्स खरसाङ र कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL