आशा सेलेक्सन कमिटीको बैठक : दार्जिलिङ र कालेबुङ जिल्लाको प्रत्येक ब्लकमा 261 जना आशाकर्मीहरू नियुक्ति गरिने

दार्जिलिङ : आशा सेलेक्सन कमिटीको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा दार्जिलिङ अनि कालेबुङ जिल्लाका एसडीओ, बीडीओ, सीएमओएच, बीएलआरओ आदि अधिकारीहरू उपस्थित थिए। दार्जिलिङका जिल्ला शासकद्वारा बोलाइएको उक्त बैठकमा दार्जिलिङ अनि कालेबुङ जिल्लाका विभिन्न ब्लकहरूमा आशाकर्मीका रिक्त रहेका पदहरूमाथि चर्चा-परिचर्चा गरियो। राज्य सरकारको पक्षबाट प्रत्येक ब्लकको निम्ति 261 वटा आशाकर्मीहरू नियुक्ति गर्नको निम्ति रिक्त पद अनुमोदन गरिएको सभामा जनाइयो भने अब उक्त रिक्त पदहरूमा आशाकर्मीहरू नियुक्तिको निम्ति नोभेम्बर महिनाको अन्तिम सातातिर आधिकारिक रूपमा विज्ञापन दिइने तथा नियुक्ति प्रक्रिया शुरू गर्नको निम्ति एउटा प्यानल तयार गर्ने पनि सभामा निर्णय लिएको छ। आशाकर्मीमा आवेदन बुझाउनेहरूमा माध्यमिक उत्तीर्ण तथा विवाहित, विधवी वा छुटानाम भएका महिलाहरूलाई मात्रै प्राथमिकता दिइनेछ। माध्यमिक उत्तीर्णभन्दा धेर शैक्षिक योग्यता भएकाहरूको आवेदन स्वीकार गरिने भए तापनि अधिक प्राथमिकता भने माध्यमिक उत्तीर्णलाई दिइनेछ। आशाकर्मीको नियुक्तिको अन्तर्वार्ताको मिति अनि यसको विविध जानकारी नोभेम्बर महीनाको अन्तिम सातातिर स्थानीय पत्र-पत्रिकाहरूतिर विज्ञापन प्रकाशित गरेर जानकारी गराइनेछ। दार्जीलिङ अनि कालेबुङ जिल्लाका निम्न एवम् मध्यवर्गीय परिवारका महिलाहरूलाई आशाकर्मीको नियुक्ति प्रक्रियाले पनि धेरै राहत पुराउनेछन् भन्ने आशा सेलेक्सन कमिटी दार्जिलिङ-कालेबुङ जिल्लाको उपाध्यक्ष अमरसिहँ राईले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *