अशोक भट्टाचार्यको स्वास्थ्यमा सुधार

सिलगढी : कोरोना संक्रमित भएका सिलगढी नगरनिगम प्रशासक तथा विधायक अशोक भट्टाचार्यको शारीरिक अवस्था हाल स्थिर रहेको अस्पताल सूत्रले जनाएको छ। गत तीन दिनअघि बिरामी भएर तिनलाई सिलगढी मतिगढाको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। यसको साथै तिनको राल नमूनाको जाँच गर्दा रिपोर्टमा कोरोना संक्रमित भएको पुष्टि गरिएको थियो। तिनको चिकित्साको दायित्वमा नर्सिङ होमका डाक्टरले बताएअनुसार हाल अशोक भट्टाचार्यको शारीरिक अवस्था स्थिर रहेको छ भने अहिले ज्वरो पनि घटेको छ साथै प्रेशर अनि सुगर पनि नियन्त्रणमा रहेको छ। यसको साथै हाल अक्सिजन दिएर आईसीयु आइसोलेसनमा तिनलाई राखिएको छ भने तिनको स्वास्थ्यमा लगातार सुधार भइरहेको बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş