सिलगढी : वाम-कङ्ग्रेस गठबन्धन प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा चुनाउ प्रचार प्रसार गरे। तिनी आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा 24 नम्बर वार्डको भरतनगरमा गएर चुनाउ प्रचार गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी पनि गरे। उक्त वार्डबाट सबैभन्दा धेर भोट पाउने तिनले आशा साचेका छन्। स्मरण रहोस्, सिलगढी नगरनिगमको 24 नम्बर वार्ड वामफ्रन्टको दखलमा रहे तापनि हाल उक्त वार्डका को-अर्डिनेटर शङ्कर घोष पार्टी छोडेर भाजपामा सामेल भएका छन्। उक्त वार्डका को-अर्डिनेडर अन्य पार्टीमा सामेल भए तापनि त्यहाँका मानिसहरू वामफ्रन्टको साथमा रहेको अशोक भट्टाचार्यले दावी गरे।