सिलगढी : सिलगढीको नौकाघाटदेखि मेडिकल जाने एशियन हाईवे 2-मा प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। गत अबेर राति भएको मर्मान्तिक सडक दुर्घटनामा गर्भवती महिलासहित 3 जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त घटनापछि सिलगढी मेट्रोपोलिटन पुलिसका डीसीपी जय टुडूले आज बिहान घटनास्थलको निरीक्षण गरे। यसपछि आज साँझ ट्राफिक डीसीपी अभिषेक गुप्ताले पनि घटनास्थलको निरीक्षण गरे। यस अवधि अभिषेक गुप्ता उक्त दुर्घटना अति नै दुर्भाग्यपूर्ण रहेको बताए। आगामी एक अप्रेलदेखि यस सड़कमा मालवाहक वाहनहरूको आवत-जावतको लागि एउटा नयाँ गाइडलाइन जारी गरिने तिनले बताए। दिनको समयमा उक्त सड़कमा वाहनहरू सामान्य रूपमा आवत-जावत गर्नेछ। दुर्घटनामा रोक लगाउने उद्देश्य लिएर एशियन हाईवे 2-मा चौथो ट्राफिक सिग्नल लगाइने तिनले बताए।
