एशियन हाईवे 2 –मा मालवाहक पिकअप भ्यान पल्टिँदा 2 जना घाइते

खोरीबारी : खोरीबारीको पानीट्याङ्की संलग्न शिमुलतला इलाकाको एशियन हाइवे 2-मा मालवाहक पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएका छन्। प्राप्त जानकारी अनुसार पिकअप भ्यन सिलगढीबाट बिहारतर्फ गइरहेको समय पानीट्याङ्की संलग्न शिमुलतला इलाकामा एशियन हाइवे 2 -मा पिकअप भ्यान अचानक अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर बतासी प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO