सिलगढी: महकुमा परिषदका पूर्व सभाधिपति तथा वामपन्थी नेता अनिल साहा हाल अस्वस्थ भएका छन्। आज मन्त्री गौतम देव बिरामी अनिल साहालाई भेट गर्न तिनकै घरमा पुगेका थिए। मन्त्री देवले तिनको बिमारीबारे जानकारी लिए। यस वाहेक, तिनले परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै अनिल साहाको चिकित्सा बारेमा पनि जानकारी लिए। यसपछि मन्त्री गौतम देवले पत्रकारहरूसितको कुराकामीमा अनिल साहालाई भेट्न आज तिनकै घरमा गएको साथै अहिले तिनी निक्कै उमेर पुगेकोले गर्दा तिनको विभिन्न शारीरिक समस्या रहेको बताए। अनिल साहालाई विगत 40 वर्ष अघिदेखि नै आफुले चिनेको मन्त्री देवले बताए।