अतिक्रमण विरूद्ध सिलगढी नगर निगमको अभियान आईएनटीटीयूसी-को झण्डा सामु रोकियो, पक्षपात गरेको मानिसहरूको आरोप

सिलगढी (निसं): के झण्डा हेरेर मात्र सिलगढी नगर निगमले अतिक्रमण विरूद्ध कार्वाही गर्छ ? भन्ने अहिले सबैको मुखमा प्रश्न झुन्डिएको छ। स्मरण रहोस, हिज मल्लागुढीमा नगर निगमले अभियान चलाएर केही अवैध दोकानहरू हटाइदिएको छ। दोकानहरू भत्काइदिए पछि व्यवसायीहरू निक्कै रूष्ट थिए। यस अवधि नगर निगमको अतिक्रमण विरूद्ध अभियानलाई लिएर मानिसहरूले प्रश्न  उठाउन थालेका छन्।  


बुधबार नगर निगमले अतिक्रमण हटाउने अभियान मल्लागुढीबाट शुरू गऱ्यो। यस अवधि नगर निगमका कर्मचारीहरूले एक पछि अर्को अवैध दोकानहरूलाई भत्काइदिएर खाली गरे। तर, नगर निगमको यो अभियान विश्वदीप सिनेमा हलबाट अघि बढ्न साथ केही मानिसहरू आईएनटीटीयूसी-को झन्डा लिएर नगर निगमका अधिकारी अनि जेसीबी सामु आए अनि विरोध प्रदर्शन शुरू गरे। लगभग आधा घण्टासम्म उक्त विरोध प्रदर्शन चलेपछि नगर निगम अन्तमा पछि हट्न वाध्य बन्यो। यसभन्दा अघि पनि अतिक्रमण हटाउने अभियान अवधि चम्पासरी मोडमा केही मानिसहरूले तृणमूल काङ्ग्रेस अनि आईएनटीटीयूसी-को झण्डा बोकेर विरोध गरेपछि नगर निगमका कर्मचारीहरू कार्वाही नगरी खाली हात फर्किन परेको थियो। यसपछि धेरैजना मानिसहरूले नगर निगमले झण्डा हेरेर पक्षपात गरिरहेको गम्भीर आरोप लगाउन शुरू गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş