अत्याधिक गर्मीबाट राहत दिलाउन पशु-पक्षीहरूको लागि सिलगढीको बेङ्गल सफारी पार्कमा विशेष व्यवस्था

सिलगढी : अत्याधिक गर्मीले मानिसहरू लगायत पशु-पक्षीलाई पनि निक्कै असुविधा भइरहेको छ। अत्याधिक गर्मीले गर्दा मानिसहरू तथा पशु-पक्षीहरूको स्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ। यसैलाई ध्यानमा राखेर सिलगढीको बंगाल सफारी पार्क कर्तृपक्षले जनावरहरूको लागि विशेष तयारी गरेको छ। यसको लागि बङ्गाल सफारी कर्तृपक्षको तर्फबाट विशेष टोली गठन गरेको छ। वनकर्मीहरूले जनावरको स्वास्थ्य परीक्षणदेखि गर्मीबाट बाँच्नको लागि सबै प्रकारको व्यवस्था गरिदिएको छ। पार्कको सबै पोखरीहरूमा पर्याप्त मात्रामा चिसो पानी राखिएको छ भने उक्त ठण्डा पानीमा शरीर चिसो पार्न पशु-पक्षीहरू व्यस्त छन्। यसको साथै खानाको सूची अनुसार तिनीहरूलाई ओआरएस र अनुसार ओआरएस र शुद्ध नुन खुवाइरहेको छ। पशु-पक्षीहरूको स्वास्थ्यबारे चिकित्सकहरूले विशेष नजर राखिरहेका छन्। बङ्गाल सफारी पार्कका कर्तृपक्षहरूले बताएअनुसार अत्याधिक गरमले गर्दा पार्कको पोखरीमा बाघहरूको लागि चिसो पानीको व्यवस्था गरिएको छ। भालुहरूको घेरामा पनि प्रतिदिन बरफ राखिने गर्दछ। पार्कका अन्य जीवजन्तुहरूलाई ठण्डा पानी नुहाउने व्यवस्था गरिएको छ। यस विषयमा बेङ्गल सफारी पार्कका डाइरेक्टर कमल सरकारले भने, अत्याधिक गरममा पार्कका जीव-जन्तुहरूलाई राहत दिलाउन सबै प्रकारको व्यवस्था गरिएको छ। वनकर्मीहरूले खानेकुरा लगायत अन्य विविध विषयमा विशेष ध्यान दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibom GirişCasibomcasibomcasibomCasibom