अत्याधिक गर्मीबाट राहत दिलाउन ट्राफिक पुलिस कर्मीहरूलाई छाता, ग्लुकोज र पिउने पानी वितरण

नक्सलबारी : अत्याधिक गर्मीले गर्दा ड्युटीमा खटिएका ट्राफिक पुलिस कर्मीहरूको बेहाल अवस्था छ। प्रचण्ड गर्मीबाट राहत दिलाउने उद्देश्य लिएर नक्सलबारी ट्राफिक पुलिसको पहलमा विभिन्न ट्राफिक पुलिस पोस्टका पुलिस कर्मीहरूलाई छाता, ग्लुकोज र पिउने पानी वितरण गरियो। नक्सलबारी ट्राफिक पुलिसका ओसी निरेन थापाले नक्सलबारी ट्राफिक पुलिसको 7 वटा ट्राफिक आउट पोस्टका पुलिस कर्मीहरूलाई लगातार बढ्दो गर्मीबाट राहत दिलाउने उद्देश्य लिएर आज छाता, ग्लुकोज र पिउने पानी प्रदान गरे। यस अवसरमा एएसआई समीर घोष लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *