सेभोक: सेभोक कालीमन्दिर नजिक एउटा अटो दुर्घटना हुँदा त्यसमा सवार सिक्किमका सेनाको जवान रिञ्जिङ तामाङ अनि अटो चालक दुवै घाइते भएका छन्। राजमार्गमा गत राति परेको मुसुलधारे पानीले जता-ततै पैह्रो झरेर सडकभरि माटो-ढुङ्गा झरेको कारणले गर्दा नै उक्त दुर्घटना भएको थाहा लागेको छ। भारतीय सैनिक जवान रिञ्जिङ तामाङले सालुगढादेखि बाघपुलसम्म अटो रिजर्भ गरेर फर्किरहेको समय उक्त दुर्घटना भएको बताइएको छ। घटनाको खबर पाएर सेभोक पुलिस घटना स्थलमा पुगेर भारतीय जवान रिञ्जिङ तामाङलाई उद्धार गरेर उपचारको निम्ति अस्पतालमा लगेको जानकारी पुलिसले दिएको छ। यसैगरी, उक्त दुर्घटनामा सिलगढीका अटोचालक पनि घाइते भएको छ। तिनीहरू दुवै जनालाई नै नर्थ बेङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा उपचारको निम्ति पठाएको सेभोक पुलिसले जानकारी दिएको छ।
