सिलगढी : एनजेपी थाना पुलिसले अवैध कफ सिरप सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मालदा निवासी आजिजा रहमानको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो फुलबारी संलग्न जटियाकाली इलाकामा अभियान चलाएर धेरै मात्रामा कफ सिरप सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।
पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका व्यक्तिले मालदाबाट अवैध कफ सिरप बिक्री गर्ने उद्देश्यले जटियाकालीमा ल्याएका थिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।