अवैध काठसहित दुईजना पक्राउ

अलिपुरद्वार : गोप्य सूचनाको आधारमा अभियान चलाएर वन विभागले धेरै मात्रामा सैगुनको काठसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज अलिपुरद्वार अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले राम रबीश र जयवीर सिंहको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार शनिबार अबेर राति 31 सी राष्ट्रिय राजमार्गको दमनपुर मोड इलाकामा वन विभागले अभियान चलाएर धेरै मात्रामा सैगुनको काठ उद्धार गरेको बताइएको छ। जफत गरेको उक्त काठको अनुमानिक बजार मूल्य लगभग 15 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *