अवैध रूपमा बालुवा बोकेको डम्पर जफत, 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारीको बङ्गाईजोतमा अवैध रूपमा बालुवा बोकेको डम्पर जफत गर्नको साथै घटनामा 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा अतुल सिंह र भीम राय सामेल छन् भने तिनीहरू खोरीबारी र जलपाईगढी निवासी हुन्। प्राप्त जानकारी अनुसार नक्सलबारी थाना पुलिसले यहाँको बङ्गाईजोत इलाकामा अभियान चलाएर एउटा बालुवा बोकेको डम्परलाई रोकेर बालुवाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले डम्पर सहित 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त बालुवा नक्सलबारीबाट बिहारमा तस्करी गर्ने योजना रहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO