फाँसीदेवा: अवैध रूपमा बङ्ग्लादेशबाट भारतमा प्रवेश गर्ने क्रममा एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक बङ्ग्लादेशको कुमिल्ला जिल्ला निवासी 29 वर्षीय मोहम्मद शरिफ हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फाँसीदेवा ब्लकको चटहाट अञ्चलको भिमागञ्ज गाउँमा उक्त युवकलाई घुमफिर गरिरहेको देखेर गाउँलेहरूलाई सन्देह लागेपछि युवकलाई पक्रेर फाँसीदेवा थाना पुलिसलाई घटनाबारे खबरदिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर युवकलाई पक्रेर थाना लगे। उक्त युवक बङ्ग्लादेशबाट नदी पार गरेर भारतमा आएको हो अथवा कुनै षड्यन्त्रमा संलग्न रहेको छ भन्ने विषयमा जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।