अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा बङ्ग्लादेशी युवक पक्राउ

राजगञ्ज : अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक बङ्ग्लादेशको पञ्चगढ जिल्लाको तेतुलिया थाना इलाका निवासी 28 वर्षीय आलामिन हुसेनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार राजगञ्जको भारत-बङ्ग्लादेश सीमान्त संलग्न खुदीभिटा इलाकामा घुमफिर गरिरहेको समय सिमानामा कार्यरत बीएसएफले रोकेर सोधखोज गर्दा बङ्ग्लादेश निवासी रहेको थाहा पाएपछि तिनलाई पक्राउ गरेर राजगञ्ज थाना पुलिसलाई सुम्पिदिएको छ। यसपछि पुलिसले उक्त युवकसित सोधखोज गर्दा गाई-गोरू लिनको लागि सिमानामा रहेको साहु नदी भएर भारत प्रवेश गरेको कुरा स्वीकारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELgrandpashabet giriş