अवैध रूपमा भारतमा प्रवेश गर्ने बङ्ग्लादेशी युवक पक्राउ

फाँसीदेवा : अवैध रूपमा बारतमा प्रवेश गरेको आरोपमा 19 वर्षीय बङ्ग्लादेशी युवक आशरफ अलीलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमाना इलाकाको काँडे तारको बार पार गरेर उक्त युवक भारत प्रवेश गरेका थिए। स्थानीय मानिसहरूले उक्त युवकलाई पक्राउ गरेर फाँसीदेवा पुलिसलाई सुम्पिदिएको बताइएको छ। पक्रा परेका बङ्ग्लादेशी युवकलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *