अवैध सम्बन्धको आशंकामा लोग्नेद्वारा स्वास्नीको हत्या: क्यानलबाट शव दुई टुक्रामा उद्धार

सिलगढी (निसं): आपदा प्रबन्धन टीमले लगातार गरेको प्रयासपछि अन्तमा क्यानलबाट रेणुका खातुनको टाउँको विहिन शरीर र अलगै टाउँको उद्धार गरेको छ। सिलगढीको 43 नम्बर वार्ड अन्तर्गत दादाभाई कलोनी निवासी रेणुका खातुन गत 24 दिसम्बरको दिन अचानक निखोज भएकी थिइन्। तर तिनी निखोज हुनुको वास्तविक कारण 12 दिनपछि सामु आएको छ। स्मरण रहोस, गत 24 दिसम्बरको दिन रेणुका खातून निखोज भएकोबारे तिनका परिवार पक्षले थानामा रिपोर्ट दर्ता गरेको थियो। यसपछि जाँचमा जुटेको सिलगढी पुलिसले गत बुधवार राति तिनका लोग्ने एमडी अन्सारुलसित सोधखोज गरे। सोधखोज अवधि पुलिससामु लोग्ने एमडी अन्सारुलले आफ्नो पत्नीको अरू कसैसित अवैध सम्बन्ध रहेको आशंका रहेकोले तिनलाई घुमाउने वहानामा फाँसीदेवाको ग्वोलटुली मोड संलग्न इलाकामा लगेर पत्नीलाई छुरी हानेर हत्या गरेपछि तिनको शरीरबाट टाउँको अलग गरेको कुरा स्वीकार गर्दै यसपछि शरीरलाई दुई टुक्रा गरेर शरीर र टाउँकोलाई अलग-अलग बोरामा हालेर क्यानलमा फ्याँकीदिएको बताएका थिए। यसपछि बिहिवारदेखि आपदा प्रबन्धन टीमले टिस्टा क्यानलमा शवको खोजी सुरू गरेको थियो भने रातिसम्म पनि शवको कुनै पत्तो लागेको थिएन। अन्तमा आज क्यानलको पानी कम्ती गरेर खोजबीन गर्दा आपदा प्रबन्धन टीमले शिर बिनाको शव उद्धार गरेपछि शवलाई फाँसीदेवा थानामा लगियो। यसपछि मृतक रेणुका खातूनको बोरामा हालेर फ्याँकेको टाउँको पनि फेला पारेको छ। अर्कोतिर, आरोपी लोग्ने मोहम्मद अन्सारुललाई हिजो बिहिवार सिलगढी अदालतमा पेश गरेपछि 14 दिनको पुलिस हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *