अवैध सिमलको लठ्ठासहित पिकअप भ्यान उद्धार

वीरपाडा : वन जङ्गल संरक्षण गर्न निरन्तर अभियान चलाउँदै दलगाँउ रेञ्ज वनकर्मीहरुद्वारा अवैध शिकार, वन विनाशकारी तत्वहरू पक्रिने क्रम जारी छ। यसै क्रममा दलगाँउ रेञ्ज, बन्दापानी बीट, पुलिस अनि एसएसबीले चलाएको संयुक्त अभियानमा बन्दा पानी क्षेत्रबाट एउटा पिकअप भ्यानसहित 70 सीएफटी सिमलको लठ्ठा उद्धार गरेको छ।


तथापि, घटना स्थलबाट काठ तस्करहरू भाग्न सफल बनेको बताइएको छ। दलगाँउ रेञ्जका रेञ्ज अधिकारी दोर्जी शेर्पाले पिक अप भ्यान अनि सिमलको लठ्ठा उद्धार गरेको बताउँदै यसको अनुमानिक बजार मूल्य 30 हजार रहेको बताए। तिनले भने, “ हामीले वन क्षेत्रका एफपीसीमा सभा गरी सबैले वन जङ्गलको संरक्षण गर्नेबारे सहमति भएता पनि यसरी अवैध रूपमा वन विनाश गरिरहेकोले वन विभाग अब सक्रिय बनेको छ। हामीले बारम्बार मानिसहरूलाई चेतावनी दिएता पनि तस्करहरू काठको तस्करी गर्न छोडेका छैनन्। यसैले हाम्रो अभियान निरन्तर चल्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/