अवैध रूपले बालुवा-ढुंगा बोकेको 3 वटा ट्रयाक्टर जफत, तीन जना पक्राउ

फाँसीदेवा (निसं): फाँसीदेवा ब्लकको मुरीखावा डाँगापाड़ा इलाकाबाट पुलिसले बालुवा बोकेको दुई वटा अनि ढुंगा बोकेको एउटा ट्र्याक्टर जफत गरेको छ। यसको साथै तीनै वटा ट्र्याक्टरका चालकहरूलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा हैदर अली, मोहम्मद जाकिर र मोहम्मद मोख्तार सामेल छन्। यी सबै मुरीखावा निवासी हुन्।
स्मरण रहोस, ग्रीन ट्रिब्यूनलको निर्देशानुसार नदीबाट बालुवा-ढुंगा निकाल्न प्रतिबन्ध लगाइएको छ। तथापि बालुवा माफियाहरूले राति अन्याोसरो अनि बिहानै उज्यालोको फाइदा उठाएर नदीबाट अवैध रूपले बालुवा निकालेर त्यसको तस्करी गरिरहेका छन्। तिनीहरू विरूद्ध पुलिसले आज अभियान चलाएर बालुवा अनि ढुंगा बोकेको तीन वटा ट्र्याक्टर जफत गरेको छ। तिनीहरू विरूद्ध बिना वैध कागज-पत्र नै नदीबाट बालुवा अनि ढुंगा लगेको आरोप रहेको छ। आज आरोपीहरूलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। फाँसीदेवा पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *