अलीपुरद्वार, 30 दिसम्बर (निसं): सोमबार बिहान जलदापाड़ा जङ्गलबाट एउटा गैंडा निस्केर अलीपुरद्वार जिल्लाको एक नम्बर ब्लक अन्तर्गत सिमलाबाडी क्षेत्रमा प्रवेश गऱ्यो। इलाकाका वासिन्दाहरू गैंडा देखेपछि डराउनको साथै वन विभागलाई घटनाबारे जानकारी दिएका छन्। खबर पाएपछि चिलापाता रेञ्जका वन अधिकारीहरू घटनास्थलमा पुगेर प्रशिक्षित हात्तीहरूको मद्दतले गैंडालाई जङ्गलमा फर्काउने कार्य सुरु गरेको थियो। धेरै समयको प्रयास पछि अन्तमा गैंडालाई जङ्गलतर्फ खेदाउन सफल भएको बताइएको छ।
Alipurduar, North Bengal, Uncategorized
आवासीय क्षेत्रमा पस्यो गैंडा, गाउँलेहरू आतङ्कित
30
Dec
Dec
