अवैध रूपमा मेची नदीबाट बालुवा खनन मामिलामा केही ट्र्याक्टर जफत

खोरीबारी : एसएसबी 41औँ बटालियनको मदनजोत बीओपीका जवानहरू तथा वेस्ट बेङ्गाल ल्यान्ड रेभिन्यु डिपार्टमेन्टको संयुक्त पहलमा अवैध रूपमा मेची नदीबाट बालुवा खनन मामिलामा केही ट्र्याक्टरहरू जफत गरेको छ। एसएसबीद्वारा आवश्यक कार्वाहीपछि जफत गरेको ट्र्याक्टरहरू वेस्ट बेङ्गाल ल्यान्ड रेभिन्यु डिपार्टमेन्टलाई सुम्पिदिएको छ।


प्राप्त जानकारी अनुसार अवैध रूपमा मेची नदीबाट बालुवा खनन गरिरहेको थाहा पाएपछि एसएसबीले वेस्ट बेङ्गाल ल्यान्ड रेभिन्यु डिपार्टमेन्टलाई यसबारे जानकारी गराए। यसपछि आज संयुक्त अभियान चलाएर 15 वटा ट्र्याक्टर जफत गरेको बताइएको छ। वेस्ट बेङ्गाल ल्यान्ड रेभिन्यु डिपार्टमेन्ट खोरीबाड़ीले मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *