वचनका पक्का अजय एडवार्डले अदालत परिसरमा भेटे कारावासको सजाय भोगिरहेका अश्विन गुरुङलाई

दार्जिलिङ: आफुले दिएको वचन पुरा गर्दै हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डले आज जेलको सजाय भोगिरहेका तकदाह चिया कमानको दबाईपानी 12 गोलाई निवासी अश्विन गुरुङलाई भेट्न दार्जिलिङ जेलमा पुगे। तथापि त्यहाँ तिनी नरहेको अनि आज सुनवाइ रहेकोले गर्दा तिनलाई अदालतमा लगिएको थाहा पाएपछि त्यहाँबाट एडवार्ड सोझै दार्जिलिङ अदालतमा पुगेर अश्विन गुरुङलाई भेट गर्नको साथै तिनीसित कुराकानी गरे। भेट अवधि एडवार्डले अश्विनलाई आश्वासन दिँदै कारावासभित्र जति दिनसम्म रहेता पनि कुनै चिन्ता नलिइने कारण तिनको परिवारको जिम्मा लिएर अभिभावकको रुपमा रहने वचन दिए। उल्लेख्य रहोस, अश्विन गुरुङ 2017-को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय थिए भने पछि तिनी गोजमुमो अध्यक्ष बिमल गुरुङको साथमा विस्थापित रहेका थिए तर पछि तिनलाई पक्राउ गरेपछि हालसम्म पनि जेलको सजाय भोगिरहेका छन्। स्मरण रहोस, गत दुई दिन अघि मात्र हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्ड तकदाह चियाकमानको दबाईपानी बस्ती भ्रमणमा गएका थिए। यस अवधि जेलको सजाय भोगिरहेका अश्विन गुरुङको घरमा पनि गएर तिनको धर्मपत्नीलाई भेटेपछि कुराकानी गर्दै लोग्नेलाई दार्जिलिङ जेलमा गएर भेट गर्ने आश्वासन दिएका थिए। सोही वचन पूरा गर्दै अजय एडवार्डले आज अश्विन गुरुङलाई भेट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *