सिलगढी : बाघडुग्रा विमानअड्डामा अन्ततः एम्बुलिफ्ट परिसेवा आजदेखि शुरू गरिएको छ। रोगी तथा विशेष रूपमा असक्षम विमान यात्रीहरूले सामान्य खर्चमा उक्त एम्बुलिफ्ट परिसेवा पाउन सक्नेछन्। विभिन्न समयमा शारीरिक रूपमा दिव्याङ्ग तथा अस्वस्थ्य मानिसहरू विमान मार्फत् अन्य राज्य तथा देशमा जान पर्दा विमानमा चढ्न असुविधा हुने गर्दछ। उक्त नयाँ परिसेवामार्फत् व्हिल चेयर तथा स्ट्रेचरमा रोगीहरूलाई विमान नजिक लगेर आईड्रोलिक यन्त्रको माध्यमद्वारा एम्बुलिफ्ट चढाएपछि उक्त एम्बुलिफ्ट विमानको दैलोसित जोडिनेछ। यसपछि तिनीहरूलाई सहजै विमानभित्र लैजान सकिनेछ। उक्त एम्बुलिफ्ट परिसेवाको लागि यात्रीहरूले केवल 100 रुपियाँ दिइनुपर्नेछ।
