बाघडुग्रा : चितुवाको हमलामा महिला चियाश्रमिक घाइते भएकी छन्। घाइते महिला अञ्जलि केरकट्टाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्रा चियाकमानमा आज चियापत्ता टिपिरहेको समय एउटी महिला श्रमिकमाथि चितुवाले हमला गर्दा तिनी घाइते भएकी छन्। उक्त महिला चिच्याउँदा चितुवा त्यहाँबाट भागेको बताइएको छ। घाइते अवस्थामा महिला श्रमिकलाई उद्धार गरेर बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाएको छ। यसभन्दा अघि पनि उक्त इलाकामा चितुवा देखापरेको थियो। उक्त घटनापछि कमानका श्रमिकहरू आतङ्कित बनेका छन्। घटनाको खबर पाएर वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। अर्कोतिर, चितुवा देखेपछि अन्य चियाश्रमिक शान्ति बराइक अस्वस्थ भएपछि तिनलाई बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ।
