बाघडुग्रा कमालपुरमा सहिद सञ्जय उरांवको मूर्ति अनावरण

बाघडुग्रा (निसं): बाघडुग्राको कमालपुर गाउँमा सहिद जवान सञ्जय उरांवको पहिलो पुण्यतिथिको अवसरमा आज तिनको मूर्तिको अनावरण गरियो। सहिद जवान सञ्जय उरांवको मूर्तिको अनावरण पद्मश्री करीमुल हकको बाहुलीबाट गरियो। आज मूर्ति अनावरण कार्यक्रमसहित इस्लामपुर सिस्टर ब्रदर्स सोसाइटीको तर्फबाट एउटा रक्तदान शिविरको पनि आयोजना गरियो। यस अवसरमा सहिद जवानका परिवारका सदस्यहरू लगायत बाघडुग्रा वन विभागका रेञ्जर समीरन राज, बाघडुग्रा थानाका ओसी निर्मल कुमार राय, समाजसेवी बापन दास, सेना जवान विलास देवनाथ, रवि देवनाथ तथा अन्य मानिसहरू उपस्थित थिए। स्मरण रहोस, गोर्खा राइफलका जवान संजय उरांवले गत वर्ष मणिपुरको टुपुल यार्ड रेलवे कन्स्ट्रक्शन क्याम्पमा भएको पहिरोमा वीरगति प्राप्त गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO