बाघडुग्राको बुडी बालासन ब्रीजमा वाहन दुर्घटना

सिलगढी (निसं): बाघडुग्राको बुडी बालासन ब्रीजमा शुक्रवार एउटा चारचक्के वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त बन्न पुगेको छ। तथापि उक्त दुर्घटनामा वाहनमा सवार कसैलाई पनि गम्भीर चोट नलागेको बताइएको छ। प्राप्त जानकारी अनुसार एकजना व्यक्ति आफ्नो स्वास्नी अनि छोरालाई साथमा लिएर बाघडुग्राको एमएम तराईबाट वाहनमा सवार भएर डाक्टर देखाउको लागि सिलगढी आइरहेका थिए। यसै अवधि अचानक चालकलाई रिङगटा लागेपछि तिनले नियन्त्रण हराइ पठाए अनि तिनको कार बाघडुग्राको बुडी बलासन ब्रीजको डिभाइडरमा सोझै ठोक्कियो। उक्त घटनामा कसैलाई पनि गम्भीर चोटपटक नलागे तापनि कारको अघिल्लो भाग केही क्षति भएको बताइएको छ।  यसैबीच, घटनाको खबर पाएर ट्राफिक पुलिस अनि पछि बाघडुग्रा पुलिस पनि घटनास्थलमा आइपुगेको थियो। यसपछि पुलिसले घटनाबारे जानकारी लिनको साथै सम्पूर्ण घटनाको जाँच शुरू गरेको बताइको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibom