बाघडुग्राको डाँडागाउँ गुम्बामा बुद्ध जयन्ती पालन

बाघडुग्रा : भगवान बुद्धको 2567औँ जन्म जयन्ती आज विभिन्न ठाउँहरूमा भव्य रूपमा पालन गरिरहेको छ। यसै क्रममा बाघडुग्राको डाँडागाउँ गुम्बामा पनि भगवान बुद्धको जन्मजयन्ती पालन गरियो। यस अवसरमा एउटा डोलीमा भगवान् बुद्धको मूर्ति हालेर गुम्बाबाट एउटा भव्य शोभायात्रा निकालेर बाघडुग्रा सहरको परिक्रममा गरेपछि पुनः गुम्बामा पुगेर समापन गरियो।


 

उक्त शोभायात्रामा धर्मगुरू खेनचेन रिम्पोचेले पनि अंश ग्रहण गरेका थिए भने बौद्ध धर्मावलम्बीका मानिसहरू लगायत अन्यले पनि बौद्ध धर्मको पवित्र धर्मग्रन्थ बोकेर उक्त शोभायात्रामा सामेल भएर बाघडुग्रा सहरको परिक्रमा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *