बाघडुग्रा (निसं): बाघडुग्राको गोंसाईपुरस्थित नेवपाड़ा इलाकामा आज बुधवार बिहान एउटा राशन दोकानमा आगो लाग्यो। उक्त आगलागीको घटनामा दोकानमा राखेको विभिन्न सर-सामानहरू लगायत फ्रिज, फर्नीचर सबै जलेर भष्म भएको छ। उक्त आगलागीमा दोकान मालिकको लाखौं रूपियाँको नोक्सानी भएको बताइएको छ। अर्कोतिर, आगो लागेको खबर पाएपछि दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। दोकान मालिकले आगो आफै लागेको होइन तर आगो लगाइएको हो भन्ने आशंका व्यक्त गरेका छन्। आगलागीको घटना पछि बाघडुग्रा थाना पुलिस पनि घटनास्थलमा पुग्नको साथै मामिलाको जाँच गरिरहेको छ।
