बाघडुग्राको सन्तोषी मां मन्दिरमा चोरी

बाघडुग्रा (निसं): बाघडुग्राको सन्तोषी मांको मन्दिरमा फेरि एकपल्ट चोरीको घटना घटेको छ। गत 9 मईमा मन्दिरको वार्षिक पूजाभन्दा अघि बदमाशहरूले अन्ध्यारोमा मन्दिरको ग्रिलको ताला फुटाएर दान पेटीबाट नकद रूपियाँ अनि पूजाको सर-सामानहरू चोरी गरेको थियो। फेरि गत राति चोरहरूले मन्दिरमा चोरी गरेको घटना प्रकाशमा आएको छ। चोरहरूले फेरि ताला भत्काएर मन्दिरभित्र पसेर दान पेटीको रूपियाँ अनि पूजा सामग्रीहरू चोरी गरेको बताइको छ। उक्त घटना पछि बाघडुग्रा थाना पुलिसलाई खबर दिएको छ। सम्भवतनशा सेवन गरेका बदमासहरूले उक्त चोरी गरेको हुन सक्ने आशंका गरिएको छ। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *