बाघडुग्रामा ब्राउन सुगरसहित एकजना व्यक्ति पक्राउ

बाघडुग्रा, 11 मार्च (निसं): 95 ग्राम ब्राउन सुगरसहित एकजना मादक पदार्थ व्यापारीलाई पक्राउ गरिएको छ। आरोपीको नाम अब्दुल गफ्फार हो। उनी मालदाको कालियाचक निवासी हुन्।
जानकारी अनुसार, बाघडुग्रा थाना पुलिसले बाघडुग्रा थाना अन्तर्गत मुनि चिया बगान नजिकको क्षेत्रमा अभियान चलाएर ब्राउन सुगरको तस्करी गर्न अगावै एकजना व्यक्तिलाई नियन्त्रणमा लिइयो। त्यसपछि तिनको जाँच गर्दा 95 ग्राम ब्राउन सुगर उद्धार गऱ्यो। त्यसपछि आरोपीलाई पक्राउ गरिएको छ।
भोली आरोपीलाई सिलगढी अदालतमा पेश गरिने भएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *