बाघडुग्रा : बाघडुग्राको एयरपोर्ट मोड संलग्न श्मशान इलाकाको एउटा रुखबाट 8 फुट लामो अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले इलाकाको एउटा रुखमाथि रहेको चराको गुँडमा अजिङ्गर देखेपछि घटनाबारे बाघडुग्रा वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेर लगे। उद्धार गरेको उक्त अजिङ्गर घना जङ्गलमा छोडिदिने वन विभागले बताएको छ।