बाघडुग्रामा आग्नेयास्त्र, कार्तुस सहित युवक पक्राउ

सिलगढी : बाघडुग्रामा आग्नेयास्त्र, जिउँदो कार्तुस सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सिलगढी प्रधाननगरको रामनारायण मठ इलाका निवासी 25 वर्षीय करण सुब्बाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेसल अपरेसन ग्रुप तथा बाघडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर बाघडुग्राको बिहार मोड संलग्न इलाकाबाट करण सुब्बालाई आग्नेयास्त्रसहित पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *