बाघडुग्रामा ब्राउन शुगर सहित तीनजना युवक पक्राउ

बाघडुग्रा, 31 अगस्त (निसं): ब्राउन शुगरसहित पुलिसले तीन जना युवकलाई पक्राउ गरेको छ। बाघडुग्रा थानाको पुलिसले सादा पोशाकमा बाघडुग्राको सिंगीझोडा चिया बगान संलग्न एशियन हाईवे 2 मा अभियान चलायो अनि नम्बर प्लेट नभएको एउटा बाइकलाई रोकेर छानबिन गर्दा 816 ग्राम ब्राउन शुगर उद्धार गऱ्यो। यसपछि पुलिसले तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा इमरान शेख (19) र रमजान शेख (19) मालदाको कालियाचक निवासी हुन् भने बिमल घोष नक्सलबारी निवासी बताइएको छ। दुवै आरोपी बिमल घोषकोमा ब्राउन शुगर पुऱ्याउनको लागि आइरहेका थिए। आरोपीहरूलाई भोली आइतबार सिलगढी महकुमा अदालतमा पेश गरिने भएको छ। बाघडुग्रा पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *