बाघडुग्रामा दुई वटा वाहन आपस्तमा ठोक्किँदा दुर्घटना, 2 जना गम्भीर घाइते

सिलगढी (निसं): बाघडुग्रा विमान अड्डा संलग्न राष्ट्रीय राजमार्गमा आज बुधवार दुई वटा वाहन आपस्तमा ठोक्किँदा 2 जना व्याक्ति घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बाघडुग्रा विमान अड्डाबाट आज बिहान एउटा वाहन सिलगढीतर्फ गइरहेको समय विपरित दिशाबाट आइरहेको अर्को वाहनसित सोझै ठोक्कियो। उक्त घटनापछि दुवै वटा वाहन पल्टियो, जसमा दुवै वाहनका चालकहरू गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूले घटनास्थलबाट उद्धार गरेर तिनीहरूलाई नजिकैको बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो।
यसैबीच, उक्त घटनाले ट्राफिक जामको स्थिति उत्पन्न भएको देखियो। यसपछि बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा दुवै वटा वाहनलाई सडकबाट हटाइयो। यसपछि जामको समस्या हट्नको साथै यातायात परिसेवा पुन: स्वाभविक बन्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *