बाघडुग्रामा एकजना अज्ञात व्यक्तिको शव उद्धार

बाघडुग्रा (निसं): बाघडुग्रामा एकजना अज्ञात व्यक्तिको शव भेट्टाइएपछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्राको बिहार मोडमा फ्लाईओभर मुनि स्थानीय मानिसहरूले हिलोमा एकजना व्यक्तिको शव देखे। यसपछि आनन-फाननमा पुलिसलाई यसबारे सुचना दिए। घटनाको सूचना पाएपछि बाघडुग्रा पुलिस घटनास्थलमा आइपुग्यो अनि शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिस सूत्र अनुसार सम्भवत: गत राति अन्ध्यारोमा फ्लाईओभरबाट झरेर उक्त व्यक्तिको मृत्यु भएको हुनसक्छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *