बाघडुग्रा : बाघडुग्रा थाना पुलिसले बाघडुग्राको बिहार मोड इलाकाबाट 6 वटा गाई-गोरू सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मद मुनाज्जाम र मोहम्मद सहिदुल सामेल छन्। तिनीहरू नक्सलबारीको तोताराम र छोटो मनिराम जोत निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार एउटा पिकअप भ्यानमा गाई-गोरू हालेर लगिरहेको समय पुलिसले बाघडुग्रा बिहार मोड इलाकामा वाहन रोकेर गाई-गोरूको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि गाई-गोरू सहित ती दुईजनालाई पक्राउ गरेको हो। पुलिसले पिकअप भ्यान पनि जफत गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
