बाघडुग्रामा हात्तीको हमलामा भाग्यले बाँचे तीनजना

बाघडुग्रा (निसं): हात्तीको हमलामा एकै परिवारका तीन सदस्यको ज्यान भाग्यले बाँच्यो। यो घटना बाघडुग्राको बेङ्गडूबीस्थित सेना छाउनीको हो। गत अबेर राति एक दम्पत्ति आफ्नो सानो नानीसित बाइकमा सवार भएर घर फर्किरहेका थिए। यसै अवधि अचानक जंगलबाट सडकमा निक्लिरहेको एउटा दन्ते हात्तीसित तिनीहरूको सोझै जम्का भेट भयो। यसपछि बाईक पल्टिँदा तीनै जना हात्तीकै अघिल्तिर भूइँमा लडे यसपछि तिनीहरूले बाईक छोडेर भागेर कसै गरेर आफ्नो ज्यान बचाए। तथापि, उक्त दन्ते फेरि हात्ती जंगलभित्र पस्यो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *