बाघडुग्रामा नकली रम-रक्सी बनाउने सामाग्रीहरू सहित एकजना पक्राउ

सिलगढी (निसं): बाघडुग्रा सर्कलको टीमले नकली रम-रक्सीको व्यवयासको पर्दाफाश गर्दै ठूलो सफलता हात पारेको छ। बाघडुग्रा सर्कल टीमले छापामार अभियान चलाएर धेरै मात्रामा नकली विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीका नाम पवन गुप्ता बताइएको छ। प्राप्त जानकारी अनुसार आइतबार गोप्य सूत्रमार्फत खबर पाएपछि बाघडुग्रा सर्कल टीमले भुट्टाबाडी इलाकामा अभियान चलाएर साढे सात लिटर नकली विदेशी रम-रक्सी सहित पवन गुप्ता नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसपछि तिनलाई सोध खोज गर्दा बाघडुग्रा इलाकामा तयार गरिरहेको नकली विदेशी रम-रक्सीबारे पनि पत्तो लाग्यो। यसपछि आइतबार साँझमा एक्साइज सर्कल टीमका डिप्टी कलेक्टरको नेतृत्वमा बाघडुग्रा सर्कल टीमले पुलिसको साथमा लोअर बाघडुग्राको धिमल इलाकामा अभियान चलायो अनि नकली रम-रक्सी बनाउने स्प्रिट, नामी-दामी कम्पनीको लोगो, खाली बोतलहरू अनि अन्य सामग्रीहरू उद्धार गरेको छ। उद्धार गरेको सामानहरूको मूल्य लगभग 26 लाख 78 हजार 125 रूपियाँ तोकिएको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। बाघडुग्रा सर्कल टीमले उक्त मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibom