बाघडुग्रामा रुखमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

बाघडुग्रा : एउटा रुखमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटना बाघडुग्राको भुजियापानी चियाकमान इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले चियाकमान इलाकाको एउटा रुखमा झुन्डिरहेको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक युवकको नाम पंकज साहा हो। तिनी कुचबिहारको आश्रमपाडा निवासी थिए। घटनाको जाँच शुरू गरेको बाघडुग्रा थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO