बाघडुग्रामा सरकारी बस र स्कुटी ठोक्किँदा स्कुटी चालक गम्भीर घाइते

बाघडुग्रा : सरकारी बस र स्कुटी आपस्तमा ठोक्किँदा स्कुटी चालक गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना आज बाघडुग्रा स्टेसन मोड संलग्न इलाकामा घटेको हो। घाइते चालक बाघडुग्राको हरेकृष्णपल्ली निवासी 25 वर्षीय गोपाल मल्लिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सडक पार गरिरहेको समय सरकारी यात्री बोकेको बसले स्कुटीलाई सोझै धक्का दिँदा स्कुटी चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै घाइतेलाई उद्धार गरेर बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्र लगियो। घटनाको खबर पाएर बाघडुग्रा ट्राफिक गार्डका कर्मीहरू घटनास्थलमा पुग्नको साथै पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *