बाघडुग्रामा ट्रेनको धक्का लागेर महिलाको मृत्यु

बाघडुग्रा: ट्रेनको धक्का लागेर एउटी महिलाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्राको सिङ्गीझोडा इलाकामा आज कटिहार एनजेपीगामी इन्टरसिटी ट्रेनको धक्का लागेर उक्त महिलाको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर रेल पुलिस घटनास्थलमा शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरंबग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *