बाघडुग्रा सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु

सिलगढी, 10 सितम्बर (निसं): बाघडुग्रा थाना क्षेत्रमा भएको सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम संजीव उरांव हो भने तिनी बाघडुग्राको पुटीमारी निवासी थिए।
प्राप्त जानकारी अनुसार, संजीव उरांव कामको मजदूरी लिएर मोटर साईकलमा घर फर्किरहेका थिए। यस अवधि तिनको मोटर साईकलले एकजना महिलालाई धक्का दिएपछि तिनी त्यहाँबाट भाग्दै गरेको समय एउटा सिमेन्टको खाम्बामा ठोक्कियो। उक्त दुर्घटनामा तिनको घटनास्थलमा नै मृत्यु भयो। स्थानीय मानिसहरूले बताए अनुसार यो दुर्घटना मादक पदार्थ सेवन गरेको कारणले गर्दा भएको हो। घटनाको जानकारी पाएपछि बाघडुग्रा थानाको पुलिस मौके घटनास्थलमा पुगेर शवलाई उद्धार गरे। यसपछि शवलाई पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom