बाघडुग्रा : बाघडुग्राको हाँसखोवा चियाकमान संलग्न नेशनल हाइवे 31-को किनारमा आज बिहान अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले हाँसखोवा चियाकमान संलग्न नेशनल हाइवे 31-को किनारमा अज्ञात व्यक्तिको शव देखे भने शव नजिक एउटा पानीको बोतल र एउटा ब्याग पनि रहेको थियो। यसपछि घटनाबारे बाघडुग्रा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। खबर लेखुञ्जेलसम्म मृतक व्यक्तिको परिचय जुटाउन सकेको छैन। बाघडुग्रा पुलिसले उक्त व्यक्तिको हत्या अथवा दुर्घटना भएको हो भन्ने विषयमा जाँच शुरू गरेको छ।
