बाघडुग्रा : उत्सर्ग परियोजना अन्तर्गत सिलगढी पुलिस कमिश्नरेटको बाघडुग्रा ट्राफिक गार्डको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरको सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले विधिवत् रूपमा उद्घाटन गरे। बाघडुग्रा ट्राफिक गार्डको कार्यालयमा आयोजना गरिएको उक्त रक्तदान शिविरमा पुलिस कर्मी, साधारण मानिसहरू लगायत पत्रकारहरूले रक्तदान गरे। यस अवसरमा कमिश्नर अखिलेश चतुर्वेदी लगायत डीसीपी आशिष सुब्बा, एडीसीपी पूर्णिमा शेर्पा, बाघडुग्रा ट्राफिक गार्डका ओसी एसएस नेगी तथा अन्य अधिकारीहरू उपस्थित थिए।