बाघपुल नजिक अटो दुर्घटनामा घाइते भएका सेनाका जवान रिङजिङ तामाङको मृत्यु

सिलगढी : भारतीय सेनामा सेवारत रिङजिङ तामाङको बाघपुल नजिक राष्ट्रिय राजमार्गमा हिजो अटो दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सिकिस्त अवस्थामा भर्ना गरे तापनि पछि तिनको उपचाराधीन अवस्थामा मृत्यु भएको छ। घटनाक्रम अनुसार सेनाका जवान रिङजिङ तामाङ छुट्टी लिएर आफ्ना माता-पिता तथा परिवारका सदस्यहरूसित भेटघाट गर्न आफ्नो गाउँ सिङलिङतर्फ फर्किरहेको समयमा राष्ट्रिय राजमार्ग 10-को बाघपुल नजिक पैह्रो झरेर बाटो बन्द भएको कारण तिनले बाघपुलसम्मको लागि सालुगढाबाट अटो भाडामा लिएर गइरहेको समय उक्त दुर्घटना भएको थियो।


बाघपुल पुग्न अगावै अटोमा सवार सिक्किम सोरेन च्याकुङको सिङलिङ निवासी रिङजिङ तामाङ अटो दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएपछि तिनलाई सेभोक पुलिसको सहयोगमा उद्धार गरेर उपचारको निम्ति उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको थियो। उक्त घटनामा अटो चालक पनि घाइते भएका थिए भने अटो पूर्ण रूपले क्षतिग्रस्त बनेको थियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *