बैकुण्ठपुर प्राथमिक पाठशालाबाट चोरी गरेको आरोपमा एकजना व्याक्ति पक्राउ

सिलगढी (निसं) : सिलगढीको बैकुण्ठपुर प्राथमिक पाठशालाबाट चोरी गरेको आरोपमा पुलिसले एकजना व्याक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई जलपाईगढी अदालतमा पेश गरियो। पक्रा पर्ने व्यक्तिको नाम गोपाल मण्डल हो। तिनी सुभाषपल्ली क्षेत्रका निवासी हुन्। प्राप्त जानकारी अनुसार, सिलगढीको बैकुण्ठपुर प्राथमिक पाठशालाको भान्सा कोठाका सर-सामान, लुगाफाटा, सिलिङको पङ्खा, पुरानो किताबहरू लगायत अन्य समानहरू चोरी भएको थाहा पाएपछि पाठशालाको पक्षबाट भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरिएको थियो। यसपछि पुलिसले घटनाको जाँच गरेपछि चोरी गरेको आरोपमा गोपाल मण्डललाई पक्राउ गरेको छ।गर्मीको छुट्टीको कारण बैकुण्ठपुर प्राथमिक पाठशाला लगभग दुई महिना बन्द थियो। यस अवधि स्कूलको भान्सा कोठाका सर-सामान, लुगाफाटा, सिलिङको पङ्खा, पुरानो किताबहरू लगायत अन्य समानहरू चोरी गरेको थियो। मंगलवार स्कूलको दैलो खोल्न साथ चोरी भएको घटना थाहा लागेपछि स्कूल प्रशासन पक्षले भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेको थियो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş