वकाया तलबको माग गर्दै राष्ट्रियतावादी रेलवे ठेका श्रमिक संगठनको तर्फबाट चढायो रेलवे कार्यालयमा ज्ञापन

सिलगढी, 10 मार्चः महिनौँदेखि एनजेपी स्टेशनमा कार्यरत रेलवे सफाई कर्मीहरूले तलब पाएका छैनन्। यसैले राष्ट्रियतावादी रेलवे ठेका श्रमिक संगठनको तर्फबाट तिनीहरूले आक्रोश व्यक्त गर्दै एनजेपी रेलवे कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।
प्राप्त जानकारी अनुसार, रेलवे सफाई कर्मीहरूले महिनौँदेखि तलब पाएका छैनन्। यसैले उनीहरू समस्यामा परेका छन्। सफाई कर्मीहरूले बकाया तलब चाँडै दिनुपर्ने माग गरेका छन्।
यस विषयमा एनजेपी आईएनटीटीयुसी राष्ट्रियतावादी रेलवे ठेका श्रमिक संगठनका अध्यक्ष मोहम्मद दुलारले भने, हामीले ज्ञापन पत्र बुझायौं। समस्या चाँडो समाधान नभए, हामी हाम्रो ब्लक नेतृत्वलाई जानकारी दिनेछौं अनि भविष्यमा ठूलो कदम चाल्नेछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *