सिलगढी : रातिको समय बालासनको बेली ब्रिजमा जबरजस्ती चलाचल गर्ने मालवाहक वाहनहरूविरुद्ध कमिश्नर गौरव शर्माले कठोर कार्वाही गरिने निर्देश दिएका छन्। कमिश्नर शर्माले ट्राफिक डीसी अभिषेक गुप्ता र डीसीपी कुंवर भूषण सिंहलाई यस विषय विशेष नजरदारी राख्ने साथै बेली ब्रिज भएर जबरजस्ती मालवाहक वाहन चलाउनेहरूविरुद्ध कठोर कार्वाही गर्ने निर्देश दिएका छन्। स्मरण रहोस्, गत आइतबार अबेर राति स्थानीय एकजना व्यक्तिले दादागिरी देखाउँदै उक्त बेली ब्रिज भएर मालवाहक वाहन चलाएक थियो। पुलिसद्वारा रोक लगाउँदै स्थानीय केही मानिसले पुलिससित विवाद गरेको घटना प्रकाशमा आएपछि प्रश्न चिन्ह खडा भएको छ। यस सम्बन्धमा कमिश्नर गौरव शर्माले भने, बालासनको बेली ब्रिज भएर कुनै पनि मालवाहक वाहनहरूको चलाचल निषेध रहेको छ। यदि कसैले जबरजस्ती उक्त ब्रिज भएर मालवाहक वाहन चलाएको खण्डमा तिनीविरुद्ध कठोर कार्वाही गरिनेछ। आवश्यक परेको खण्डमा उक्त व्यक्तिलाई पक्राउ समेत गरिने तिनले बताए।