‘बाल्यकाल तुहाउने बालश्रम’-को निम्ति खरसाङका पत्रकार सञ्जय प्रधानलाई ‘शिशुश्री’ पुरस्कार प्रदान

खरसाङ (निसं): वेस्ट बेङ्गल कमिसन फर प्रोटक्सन अफ चाइल्ड राइट्सद्वारा कोलकाताको मोहोरकुञ्ज पार्कमा हालै अन्तराष्ट्रिय बाल अधिकार दिवस कार्यक्रम आयोजना गरिएको थियोl यस कार्यक्रममा बाल-बालिकाहरूसित सम्बन्धित विषयमा लेखिएको उत्कृष्ट समाचार र फिचर लेखनको निम्ति नेपाली, अङ्ग्रेजी, बंगला र हिन्दी भाषाका पत्रकारहरूलाई ‘शिशुश्री’ पुरस्कार प्रदान गरियोl नेपाली भाषामा लेखिएको फिचर ‘बाल्यकाल तुहाउने बालश्रम’को निम्ति खरसाङका पत्रकार सञ्जय प्रधानलाई ‘शिशुश्री’ पुरस्कार प्रदान गरियोl वेस्ट बेङ्गल कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सकी अध्यक्ष सुदेशणा रोयको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्य अतिथि महिला तथा बाल विकास विभागकी मन्त्री डा. शशी पान्जा थिइन्l अन्तर्राष्ट्रिय बाल दिवस 20 नोभेम्बरमा पालन गरिन्छ, तर तिहारको विदाको कारण गत 30 नोभेम्बरमा पालन गरिएको कार्यक्रममा बाल-बालिकाहरूको मुद्दामाथि समर्पित भएर कार्य गर्ने पुलिस अधिकारीहरूलाई चाइल्ड फ्रेन्डली पुरस्कार प्रदान गरियोl यो पुरस्कारद्वारा सम्मानित हुनेहरुमा पहाडका दुईजना महिला पुलिस अधिकारी शान्ति लामा (कालेबुङ) र बन्दना प्रधान पनि सामेल छन्l यसको साथै वीर बालक-बालिकाहरू पनि यस कार्यक्रममा पुरस्कारद्वारा सम्मानित भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL